नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक « Khabarhub

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सका माइकल लेविटले अर्धशतक प्रहार गरेका छन् । उनले विष्फोटक ब्याटिङ गर्दै २८ बलमा नै अर्धशतक पूरा गरेका हुन् ।

ताजा अवस्थामा ९ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ८३ रन बनाएका छन् । नेदरल्याण्ड्सका माइकल लेविट र
साकिब जुल्फिकार क्रिजमा छन् । लेविटले ३६ बलमा ६ चौका र ५ छक्कासहित ६९ रन बनाएका छन् ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिएका छन् । नेदरल्याण्ड्सले एक विकेट रन आउटका रुपमा गुमाएको हो ।

स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हो । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।

त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो ।

त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : ३६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२