नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक « Khabarhub

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सका माइकल लेविटले अर्धशतक प्रहार गरेका छन् । उनले विष्फोटक ब्याटिङ गर्दै २८ बलमा नै अर्धशतक पूरा गरेका हुन् ।

ताजा अवस्थामा ९ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ८३ रन बनाएका छन् । नेदरल्याण्ड्सका माइकल लेविट र
साकिब जुल्फिकार क्रिजमा छन् । लेविटले ३६ बलमा ६ चौका र ५ छक्कासहित ६९ रन बनाएका छन् ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिएका छन् । नेदरल्याण्ड्सले एक विकेट रन आउटका रुपमा गुमाएको हो ।

स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हो । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।

त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो ।

त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : ३६ बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण