चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट « Khabarhub

चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ शेख ७ रन बनाएर आउट भएका हुन् । ६ बल खेलेका उनले एक चौका प्रहार गरे ।

चार ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा ३३ रन बनाएको छ । अहिले नेपालको ओपनर कुशल भुर्तेल १४ बलमा १६ रन बनाएर खेलि रहेका छन् । उनलाई भीम सार्कीले ७ रन बनाएर साथ दिइरहेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेविटले शानदार अर्धशतक प्रहार गरेका छन् । ५३ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ८६ रन बनाए । उनलाई नेपालका करण केसीले पेभेलियनको बाटो देखाएका थिए ।

त्यस्तै रोएलफ भ्यान डेर मेर्वेले नटआउट ३६ रन बनाउँदा आर्यन दत्तले १७, साकिब जुल्फिकार १४ रनको योगदान दिए ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ९ : ५४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट