जो बने संसारकै आदर्श पुरुष | Khabarhub Khabarhub

जो बने संसारकै आदर्श पुरुष

समानता र शान्तिका पर्याय


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

औपचारिक परिचय दक्षिण अफ्रिकाको पहिलो जननिर्वाचित राष्ट्रपति हो। तीनै नेल्सन मण्डेलाको जन्म दिन भएका कारण १८ जुलाईलाई संसारका सारा स्वतन्त्र प्रेमी व्यक्तिले नेल्सन मन्डेला डेको रूपमा सम्झिए।

मान्छेको परिचय प्रमुख केबल मान्छे नै हो। वर्ग, वर्ण, जातीय सम्प्रदाय र भूगोलको सीमाका नाममा भएको मान्छे बीचकै विभेदकै कारण अहिले संसारमा हजारौँ जनाले यातना मात्र भोगेका छैनन्, प्रत्येक दिन ज्यान समेत गुमाउनको सङ्ख्या त्यत्तिकै छ। त्यो विभेदरहित संसारको चाहना राख्ने सबैका लागि १८ जुलाई पक्कै विशेष दिन हो।

‘मदिबा’ उपनामले चिनिने मन्डेलाको १०८ औँ जन्म दिन शुक्रबार मनाइएको हो। दक्षिण अफ्रिकाको राजकीय परिवारमा जन्मेका मन्डेला पहिलो अश्वेत राष्ट्रपतिको रूपमा पनि कीर्तिमान बनाउन सफल भएका थिए। दक्षिण अफ्रिकामा कायम रहेको रङ्गभेद नीति हटाउनका लागि उनले २७ वर्ष जेलमा आफ्नो जीवन बिताएका थिए। ‘अफ्रिकाका गान्धी’ उपनामले चिनिने उनले नोबेल शान्ति पुरस्कार लगायत २५० भन्दा बढी सम्मान र पुरस्कार पाए।

नेल्सन मन्डेला सेन्टर मेमोरीले उनको सम्मानमा र सम्झनामा सग्राहलय नै स्थापना गरेको छ। नेल्सन मन्डेलाले सन् १९६४ देखि १९९० सम्म रुबेन मरुभूमिमा रहेको जेलमा जीवन बिताएका थिए।

मन्डेला पहिले र मन्डेलापछिको अफ्रिका
सन् १९९० मा मन्डेला जेलबाट रिहा भएका थिए। सो समयपछि नै दक्षिण अफ्रिकाले आर्थिक र सामाजिक रूपले धेरै ठुलो फड्को मारेको थियो। साँचो भन्दा दक्षिण अफ्रिकामा सन् १९९० को दशकपछि थुप्रै बहुराष्ट्रिय कम्पनी भित्रिएका थिए। यसरी कम्पनी भित्रनुमा अन्तर्राष्ट्रिय क्षेत्रमा मन्डेलाको छवि एउटा प्रमुख कारण थियो।

सन् १९९० मा दक्षिण अफ्रिकाको यो विकासको असर छिमेकी अफ्रिकी देशमा समेत परेको थियो। विश्व बैंकले एक दशकअघि नै मोजाम्बिक, इथियोपिया, तान्जानिया, कङ्गो घाना, जाम्बिया र नाइजेरियामा तीव्र रूपमा आर्थिक विकास भइरहेको जनाउँदै योक्रम अझ कायम रहने प्रक्षेपण गरेको थियो।

मन्डेलाको उदयपछि दक्षिण अफ्रिका लगायतकै देशले कृषिलाई व्यवस्थित र रूपमा उद्योगको रूपमा नयाँ स्वरूप दिएको कारण यो उपलब्धि प्राप्त भएको ठहर भएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक र त्यहाँको सूची अनुसार दक्षिण अफ्रिका सन् १९८० को दशकमा न्यून आय भएको देशको सूचीमा थियो भने सन् २०१० मा उच्च मध्यम आय भएको देशको सूचीमा रहेको थियो। सन् १९९० देश लगानी कर्ताकै लागि दक्षिण अफ्रिका भरपर्दो स्थान भएको थियो। दक्षिण अफ्रिकामा गरिने लगानी जोखिम रहित भएको ठहर औद्योगिक क्षेत्रले गरेकै कारण अहिलेको दक्षिण अफ्रिकाको विकसित रूप तयार भएको हो।

२७ अप्रिल १९९४ का दिन अश्वेत अमेरिकीले पहिलो पटक आम निर्वाचनमा मतदान गरेका थिए। त्यस भन्दा अघि दक्षिण अफ्रिकी अश्वेतमाथि शताब्दीदेखिको यातना कायम थियो।

१९ औँ शताब्दीमा डच दक्षिण अफ्रिकामा प्रवेश गरेका थिए। उनीहरूको शासन त्यहाँ थियो। १७ औँ र १८ औँ शताब्दीमा दक्षिण अफ्रिका बेलायती साम्राज्य अधीनमा थियो। त्यसै समयदेखि सन् १९९० को दशकसम्म दक्षिण अफ्रिकामा अश्वेत स्वतन्त्रताका लागि लडेका थिए। श्वेतको शासन अन्तरगत सबै किसिमका अश्वेत लगायत सबै आप्रवासीले ज्यादती सहेका थिए।

गरिबी, यातना र दासको विरुद्धमा लड्दै दक्षिण अफ्रिकाले त्यहाँ विद्रोहको सुरुवात गरेका हुन्। लामो समयको यस युद्ध लड्ने अश्वेत जनसङ्ख्या दक्षिण अफ्रिकामा ८१ प्रतिशत छ।

अफ्रिकामा विद्रोह
सन् १९४८ मा पहिलो पटक अफ्रिकाली राष्ट्रिय पार्टीले विद्रोहको सुरुवात गरेको थियो। त्यस समयमा डच जर्मन पृष्ठभूमि भएका श्वेत वरिष्ठ मानिन्थे। शासन सत्ता उनीहरूको थियो। उनीहरूले चाहे अनुसार नै विभेद गरेर राज्यको निश्चित स्थानमा अन्यको उपस्थिति हुन सक्दैन थियो।

रङ्गभेदको असर यत्तिमा थिएन । भारतीय मूलका धेरै व्यक्तिको पनि दक्षिण अफ्रिकामा बसोबास थियो। उनीहरू माथिको यातना र रङ्गभेद नीतिको असर परेको थियो।

सुरुवातमा नै मूल सहरमा कब्जा गरेका अल्पसङ्ख्यक श्वेतले दक्षिण अफ्रिकाको मूल खनिजमा पकड जमाएका थिए। कृषि हुने जमिन आफूले लिएका थिए। प्रशासन र शासनमा एकलौटी पकड राखेका थिए।

रङ्गभेद नीतिमा केही प्रमुख कुरा। बसोबास गर्ने क्रममा श्वेत र अश्वेतको स्थान फरक थियो। मूल सहर भन्दा धेरै टाढा अश्वेतका लागि बसोबासको गर्ने ठाउँ तय गरिएको थियो।

देशको कुल १३ प्रतिशत श्वेत समुदायले देशको मुख्य स्थान कब्जा गरेको थियो। अश्वेतलाई राख्न छाडिएको स्थानमा जान नमानेका उनीहरू माथि कानुनी कारबाही हुने गरेको थियो।

समुदाय अनुसार भिन्न शिक्षाका क्षेत्र थिए। यी फरक क्षेत्रमा फरक गुणस्तरका शिक्षा रहेका थिए। श्वेतपढ्ने विद्यालयमा धेरै लगानी गरिएका हुन्थे। अश्वेत र श्वेतको बीचमा विवाह भएमा ठुलो कानुनी सजायको भागिदार हुन बाध्य बनाइन्थ्यो।

रङ्गभेद विरुद्धको सङ्घर्ष
रङ्गभेदको विरुद्धमा अफ्रिकन राष्ट्रिय काँग्रेस र अफ्रिकन काँग्रेस लगायतले विद्रोहको सुरुवात गरेका थिए। उनीहरूले सुरु गरेको विरोध प्रदर्शनमा सरकाले धेरै दमन गरेको थियो।
सन् १९६० मा को २१ मार्चमा भएको विरोध प्रदर्शनमा सरकारले ठुलो दमन गरेको थियो। सार्पेभिल नरसंहारको रूपले चिनिने सो दिन सडकमा आएका ७ हजार अश्वेतहरू माथि दमन गर्दा ६९ जना मारिनुका साथै १८१ जना घाइते भएका थिए।

सन् १९६४ मा नेल्सन मन्डेला जेल चलान भएका थिए। त्यसपछि अन्तर्राष्ट्रिय समुदायले दक्षिण अफ्रिकामा भएको रङ्गभेद विरोधी आन्दोलनको पक्षमा एकबद्धता जनाउन सुरु गरेका थिए।

सन् १९७६ को जुनमा अश्वेत विद्यालयमा जबरजस्ती श्वेत भाषा लादिएपछि विद्रोह भएको थियो। त्यस समयमा सयौँ विद्यार्थी मारिएका थिए। त्यसै कारण जुन १६ लाई अहिले पनि सम्झने गरिन्छ।

देश भित्रको विद्रोह र अन्तर्राष्ट्रिय दबाबका बिच दक्षिण अफ्रिकामा राष्ट्रपति एफ डब्ल्यु डे क्लर्कले सन् १९९० मा मन्डेलालाई छाड्नका साथै प्रजातान्त्रिक आन्दोलनमा रहनेहरूसँग वार्ता अघि बढाउन सुरु गरे। त्यसै वार्तामार्फत् शान्ति स्थापना भएको दक्षिण अफ्रिकाले ३५ वर्ष यता ठुलो फड्को मारेको छ।

३५ वर्षको दक्षिण अफ्रिका
रङ्गभेद नीतिको अन्त्य पछि दक्षिण अफ्रिकामा सबै पक्षको उपस्थिति हुने गरी राज्यको पुर्न संरचना भएको थियो। विदेशी लगानी भित्रिएका छन्। कृषि र ग्रामीण अर्थतन्त्रले फड्का मारेको छ। शिक्षामा समानता छ। अहिले फेरिँदो दक्षिण अफ्रिकाको अवस्था तीनै मन्डेलको योगदान छ, जसको ५ डिसेम्बर २०१३ का निधन भइसकेको छ।

१० मे १९९४ देखि चार वर्षको उनको शासन संसारमा समानता चाहनेका लागि आदर्श शासन हो। जसको नाममा दक्षिण अफ्रिका शताब्दी सम्म गर्व गर्छ।

स्रोत : बिबिसी, अल जजिरा, टाइम्स अफ इन्डिया र हिन्दु

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : ०८ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन