राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि « Khabarhub

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ४० प्रतिशतले बढी हो ।

कार्यालयले आव २०८०–०८१ मा तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१–०८२ मा अघिल्लो आवको भन्दा ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।

कार्यालयले आव २०८१–०८२ मा चार अर्ब आठ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

यद्यपि लक्ष्यको ८६ दशमलव ११ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व सङ्कलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब ५९ करोड ८१ लाख, घरबहाल करबाट दुई करोड ८४ लाख, ब्याजबापत आठ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबापत एक अर्ब १५ करोड २७ लाख, अन्तःशुल्कबापत ६३ करोड ६६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आव २०८१–०८२ मा सबैभन्दा बढी ३९ दशमलव ९८ प्रतिशतले अन्तःशुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए ।

यसैगरी आयकरमा चार दशमलव २६ र मूल्य अभिवृद्धि करमा तीन दशमलव ७७ प्रतिशतले राजस्व सङ्कलन बढेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानूनी कारबाही गरिएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए । (रासस) 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १० : ३६ बजे

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा

१५ जना ‘स्मार्ट’ आमा सम्मानित

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे