राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि | Khabarhub Khabarhub

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ४० प्रतिशतले बढी हो ।

कार्यालयले आव २०८०–०८१ मा तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१–०८२ मा अघिल्लो आवको भन्दा ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।

कार्यालयले आव २०८१–०८२ मा चार अर्ब आठ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

यद्यपि लक्ष्यको ८६ दशमलव ११ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व सङ्कलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब ५९ करोड ८१ लाख, घरबहाल करबाट दुई करोड ८४ लाख, ब्याजबापत आठ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबापत एक अर्ब १५ करोड २७ लाख, अन्तःशुल्कबापत ६३ करोड ६६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आव २०८१–०८२ मा सबैभन्दा बढी ३९ दशमलव ९८ प्रतिशतले अन्तःशुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए ।

यसैगरी आयकरमा चार दशमलव २६ र मूल्य अभिवृद्धि करमा तीन दशमलव ७७ प्रतिशतले राजस्व सङ्कलन बढेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानूनी कारबाही गरिएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए । (रासस) 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १० : ३६ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई