उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण « Khabarhub

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवापीडित पशुपालक किसानलाई राहत वितरण गरेको छ । 

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१-८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित किसानलाई राहत वितरण गरेको जनाएको छ । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका १२५ वटा पशुचौपायाको राहत स्वरुप ११ लाख ३५ हजार भुक्तानी गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । हिउँ चितुवाको आक्रमणबाट क्षति भएको पशुधनको ४३ प्रतिशत मात्रै राहत भुक्तानी र अझै रु २६ लाख ९४ हजार अर्थात् ५७ प्रतिशत राहत रकम वितरण गर्न बाँकी छ । 

उपल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०-८१ मा २२ पशुधन क्षति भएको र राहत स्वरुप रु चार लाख १८ हजार र आर्थिक वर्ष २०८१-८२ मा क्षति भएको १०३ पशुधनको राहत रु २२ लाख ७६ हजार वितरण गर्न बाँकी रहेको एक्याप लोमान्थाङको भनाइ छ । 

कार्यालय प्रमुख पौडेलले कार्यालयको पटक–पटक गरेका ताकेताले पनि उक्त रकम हिउँ चितुवापीडित किसानलाई राहत उपलब्ध गराउने गरी समुदायलाई हस्तान्तरण गरिएको बताए। उनले वन्यजन्तुबाट क्षति भएका अन्य पशुधनको पनि केही महिनाभित्रै भुक्तानी उपलब्ध गराउने गरी कार्यालयबाट पहल भइरहेको बताए।
 
एक्यापले हिउँ चितुवापीडित पशुपालक किसानलाई चालु आर्थिक वर्षदेखि  वन्यजन्तुबाट क्षति भएका किसानलाई लक्षित गरी मानव वन्यजन्तु द्वन्द्व (कोष) स्थापना गर्ने तयारी गरेको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

‘एक्याप आफैँले मानव वन्यजन्तु द्वन्द्व कोष स्थापना गर्न लागेको छ, सरकारले तत्कालै राहत उपलब्ध गराउन नसके पनि वन्यजन्तु पीडित किसान छिटोछरितो राहत उपलब्ध गराउन कोष स्थापना हुन लागेको हो’, उनले भने।

सरकारले वन्यजन्तु क्षति निर्देशिका, २०८० बमोजिम पशुधन क्षति बेहोर्न बाध्य पीडित किसानलाई तोकिएको मापदण्डमा रहेर राहत उपलब्ध गराउने गरेको छ । उक्त राहत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग हुँदै एक्यापमार्फत राहत उपलब्ध गराउने गरेको कार्यालय प्रमुख पौडेलले बताए।
 
वन्यजन्तु क्षति निर्देशिकाअनुसार भेडाच्याङ्ग्रा क्षति भएका किसानलाई बढीमा प्रतिपशुधन १० हजार र प्रतिघोडा रु ६० हजारसम्म राहत दिने गरेको उनको भनाइ छ । 

एक्यापको मातहत रहेको मुस्ताङमा वन्यजन्तु र मानवबीचको द्वन्द्वले यहाँका पशुपालक तथा किसान आहत बन्दै जान थालेका छन् । उपल्लो मुस्ताङमा हिउँ चितुवा र तल्लो मुस्ताङमा कालोभालु आदिका कारण किसान पीडित बनेका हुन् । 

उच्च लेकमा चरन क्षेत्रमा वन्यजन्तुको आहारको अभावका कारण वन्यजन्तु बस्ती नजिक आउन थालेपछी यो समस्या देखिएको हो । वन्यजन्तु पीडितलाई एक्यापले विभिन्न प्रक्रिया पूरा गरी वन्यजन्तु क्षतिको राहत उपलब्ध गराउँदै आइरहेको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  २ : ०१ बजे

बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु

ढाका – बङ्गलादेशमा मार्चदेखि हालसम्म दादुरा सङ्क्रित ३११ बालबालिकाको मृत्यु

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।