युक्रेनमा रूसी ड्रोन आक्रमण, एक जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी ड्रोन आक्रमण, एक जनाको मृत्यु


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको ओडेसा शहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। 

ओडेसाका मेयर गेन्नाडी ट्रुखानोभका अनुसार, २० भन्दा बढी ड्रोन विभिन्न दिशाबाट शहरमा प्रवेश गरेका थिए, जसका कारण केही नागरिक संरचनामा क्षति पुगेको र एउटा आवासीय भवनमा आगलागीसमेत भएको बताइएको छ ।

स्थानीय आपतकालीन सेवाले उद्धारकार्यको क्रममा पाँच जनालाई जलेको भवनबाट सुरक्षित निकालिएको भए पनि तीमध्ये एक महिलाको निधन भएको पुष्टि गरिएको छ । ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण ओडेसा शहर हाल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत रहेको र पछिल्ला समयमा बारम्बार आक्रमणको शिकार हुँदै आएको उल्लेखनीय छ ।

उता, रूसी रक्षा मन्त्रालयले आफ्नो बयानमा शुक्रबार साँझको पाँच घण्टाको अवधिमा ८७ युक्रेनी ड्रोन ध्वस्त पारिएको जानकारी दिएको छ, जसमा ब्रियान्स्क र मस्को क्षेत्रहरू पनि समावेश छन् । पछिल्ला केही हप्तामा युक्रेनभर रूसी आक्रमणहरू पुनः तीव्र हुँदै गएका छन्, जसका कारण सर्वसाधारण जनतामा चिन्ता बढिरहेको देखिन्छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शान्ति वार्तातर्फ अगाडि नबढिएमा रूसमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । यसैबीच, युरोपेली संघ र बेलायतले पनि संयुक्त रूपमा रूसी तेल निर्यातमा मूल्य सीमा घटाउने निर्णय लिँदै युद्ध अन्त्यका लागि आर्थिक दबाब सिर्जना गर्ने प्रयास गरेका छन् ।
 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  २ : ५४ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित