पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज' | Khabarhub Khabarhub

पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’ र्‍याली आयोजना गरिएको छ। हजारौं साइकलप्रेमीहरु सहभागी सो र्‍याली पाटन दरबार प्राङगणबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरिएको छ ।

 त्यस्तै ‘काठमाडौं कोरा साइकल च्यालेन्ज’मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरु स्वयम्भु, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा गरिन्छ। 

‘काटमाण्डौँ कोरा’मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। त्यस्तै ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरू सहभागी हुन्छन्।

पाटन दरबारबाट शुरु हुने यात्राको रुटमा किर्तिपुर,चोभार,नैकाप, स्युचाटार, स्वम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेउछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरबारमा पुगेर टुङ्गिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ३ : १२ बजे

धार्मिकस्थल ‘जलजला’ जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला

गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष (आव)मा ९

भारी वर्षाको पूर्वानुमान : विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं – मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा