महाभारत गाउँपालिका अध्यक्षले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र « Khabarhub

महाभारत गाउँपालिका अध्यक्षले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गृहमन्त्री रमेश लेखकलाई भेटेर ध्यानाकर्षण गराएका छन् । 

काभ्रेपलाञ्चोक जिल्लामा गएको वर्ष असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोले व्यापक क्षति पुर्‍याएकोमा अझैसम्म पुननिर्माण नहुँदा निराश भएका स्थानीयवासी प्रतिनिधित्व गर्दै अध्यक्ष जिम्बाले औपचारिक ध्यानाकर्षण गराएका हुन् । 

गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यक्ष जिम्बाले बाढी–पहिरोबाट निजी आवासदेखि लिएर पूर्वाधारसम्म ध्वस्त भए पनि एक वर्ष बित्न लाग्दा पनि अपेक्षित पुनःनिर्माण नहुँदा सेवाग्राहीमा निराशा उत्पन्न भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘नेपाल सरकारले ती पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ र गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयका उच्चस्तरीय टोलीहरू स्थलगत अवलोकनमा आउँदा पुनःनिर्माणको आशा गरिएको थियो । तर, हालसम्म प्रभावकारी पहल नहुँदा पीडित थप पीडामा छन् ।’

अध्यक्ष जिम्बाले ध्यानाकर्षण पत्रमार्फत सरकारलाई शीघ्र र प्रभावकारी रूपमा पुनःनिर्माण कार्य अघि बढाउन विशेष अनुरोध गर्नुभएको छ । 


ध्यानाकर्षण पत्रमा निम्न चार मुख्य मागहरू उठाइएको छ :

– निजी घर पुनःनिर्माण कार्यविधि संशोधन
नेपाल सरकारले तयार पारेको कार्यविधिमा स्थानीय तहबाट २० प्रतिशत साझेदारी गर्ने व्यवस्था रहेकोमा, त्यसले स्थानीय तहको राजस्व क्षमताको मूल्याङ्कन नगरेको भन्दै उक्त व्यवस्था तत्काल संशोधन गर्न अनुरोध गरिएको छ ।

– संघीय तथा प्रदेश बजेटमा पुनःनिर्माण योजना समावेश

संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि कुनै ठोस योजना नआएको भन्दै आवश्यक योजना समावेश गर्न आग्रह गरिएको छ ।

– प्रमुख सडक तथा पुलको पुनःनिर्माण

नमोबुद्ध, रोशी र महाभारत जोड्ने थानसिङबेशी पुल तथा सिपाली–बुढाखानी–बनखु सडक बाढीले तहसनहस पारेको हुँदा तत्काल पुनःनिर्माण गर्न माग गरिएको छ ।

– विपी राजमार्गको पुनःनिर्माणमा तीव्रता

विपी राजमार्गको मर्मत र पुनःनिर्माण अपेक्षित गतिमा नहुँदा दैनिकरूपमा राजमार्ग बन्द गर्नुपर्ने अवस्था आएको भन्दै त्यसको द्रुत पुनःनिर्माणको माग गरिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ४ : ३० बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान