फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने | Khabarhub Khabarhub

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ । सेन्टरले  शनिबार आयोजना गरेको ‘अनुसन्धान सञ्जाल निर्माण’ कार्यक्रममा समावेशी ज्ञानको विकासमा मातृभाषासम्बन्धी सामग्री प्रकाशनको सुरुआत गर्न लागिएको जनाएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. तेजबहादुर कार्कीले अनुसन्धान र खोज तथा यसको प्रकाशनमार्फत ज्ञानको सिर्जना र प्रचारप्रसारमा सेन्टरले सहयोगी निकायका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले संस्थाको प्रभावकारिता पछिल्लो समय सशक्त र प्रभावशाली बन्दै गएको उल्लेख गर्दै अनुसन्धानको क्षेत्रमा यसको पहिचान स्थापित गराउन ऐतिहासिक पहल थालिएको बताए।

संस्थाका उपाध्यक्ष डा दशरथ न्यौपानेले सेन्टरबाट प्रकाशित बहुविषयक ‘जर्नल’हरूले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरिसकेका उल्लेख गर्दै स्वदेश तथा विदेशमा यसले सकारात्मक प्रभाव परिरहेको जानकारी दिए । उनले जर्नलमा प्रकाशित लेखमा विद्वानहरूको सहभागिता बढ्दै गएको उल्लेख गरे। संस्थाले अब मातृभाषामा शोध प्रकाशन थालनी गर्दै अनुसन्धानको पहुँच विस्तार गर्ने दिशामा नयाँ अध्याय सुरु गरेको उनको भनाइ छ ।

कार्यक्रममा मुलुकका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा शैक्षिक निकायमा आवद्ध विद्वान, अनुसन्धानकर्ता, सरोकार भएका व्यक्तिलगायतले अनुसन्धान, लेख र यसको प्रकाशनलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए। 

वैज्ञानिक तथा समाजशास्त्रीय अनुसन्धानले राष्ट्रिय नीति निर्माणदेखि व्यवहारिक जीवनमासमेत सकारात्मक प्रभाव पार्ने भन्दै यो दिशामा संस्थाले अघि सारेका पहल प्रशंसायोग्य रहेको वक्ताहरूको भनाइ थियो । राज्यले अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा ठोस कदन नचालेकोप्रति सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका थिए । 

रिसर्च सेन्टरले बहुविषयक अनुसन्धानमा आधारित जर्नलहरू नियमित रूपमा प्रकाशन गर्दै आइरहेको छ । संस्थाले समाजशास्त्र, व्यवस्थापन, राजनीति, सूचना प्रविधि, वातावरण, स्वास्थ्य, कानुन, शिक्षालगायत विविध क्षेत्रमा आधारित भएर अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ५५ बजे

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा

कम्युनिस्टले खनेको नख्खु जेलको त्यो सुरुङ…

काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई

खाँदबारीमा सुक्खा पहिरो खस्दा धर्मगुरु दोर्ची लामाको घर भत्कियो

खाँदबारी– संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय