गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता « Khabarhub

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् ।

संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसीएचए) ले सार्वजनिक गरेको प्रतिवेदनमा इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको उल्लेख गरिएको छ । त्यहाँका अस्पतालमा उपचारको अभावका कारण कुपोषित बालबालिका र वयस्कहरू ज्यान जोखिममा परेका छन् ।

पछिल्ला दिनहरूमा इन्धन संकट अझै चर्किएको छ । सीमित मात्रामा इन्धन आए तापनि फोहर व्यवस्थापन रोकिएको छ भने डिर अल बलाह क्षेत्रमा पानीका कुवाहरू बन्द भएका छन् । यस्तै, डायलाइसिसजस्ता जीवनरक्षक स्वास्थ्य सेवाहरू पनि बन्द हुनुका साथै अन्य सेवा रोक्ने तयारी भइरहेको छ ।

मानवीय सहायता गाजाभित्र प्रवेश गराउन गरिएको प्रयास पनि निरन्तर असफल हुँदै गएको छ । हालैका १३ प्रयासमध्ये केवल ७ प्रयासमा मात्र इजरायली प्रशासनले अनुमति दिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सङ्गठनले गाजामा युद्ध, विस्थापन, भोकमरी, इन्धन अभाव र जनमानसमा बढ्दो निराशालाई सामूहिक अभाव सामान्यजस्तो बन्दै गएको त्रासदीपूर्ण अवस्था भएको टिप्पणी गरेको छ ।

यसैबीच, गाजामा खाद्यान्नको गम्भीर अभावले दुर्भिक्षको अवस्था ल्याएको र अन्तर्राष्ट्रिय समुदाय भने अझै मौन रहेकोमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले खेद प्रकट गरेका छन् ।
 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ०९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति