एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य « Khabarhub

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालि र हिल्टन होटल काठमाडौंबीच हस्पिटालिटी सहकार्य भएको छ।

सम्झौताअनुसार प्रतियोगिता अवधिभर कर्णाली याक्सका खेलाडी तथा अफिसियलहरू नक्सालस्थित हिल्टन होटलमै बसोबास गर्नेछन्। सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

२०७८ मंसिर १५ देखि पुष ६ सम्म भएको अघिल्लो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा अझ प्रभावकारी प्रदर्शन गर्ने लक्ष्यसहित कर्णालीले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई टिमको प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

यसपटक कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ। रिटेन सूचीमा गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरी रहेका छन्।

अघिल्लो सिजन भारतीय स्टार ओपनर शिखर धवनलाई अनुबन्ध गरी चर्चा बटुलेको कर्णाली याक्सले यसपटक पनि चर्चित विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी गरिरहेको छ। टोलीले बलियो टिम निर्माणमार्फत उपाधि चुनौती दिन रणनीति बनाएको जनाइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ५१ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति