एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य « Khabarhub

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालि र हिल्टन होटल काठमाडौंबीच हस्पिटालिटी सहकार्य भएको छ।

सम्झौताअनुसार प्रतियोगिता अवधिभर कर्णाली याक्सका खेलाडी तथा अफिसियलहरू नक्सालस्थित हिल्टन होटलमै बसोबास गर्नेछन्। सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

२०७८ मंसिर १५ देखि पुष ६ सम्म भएको अघिल्लो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा अझ प्रभावकारी प्रदर्शन गर्ने लक्ष्यसहित कर्णालीले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई टिमको प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

यसपटक कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ। रिटेन सूचीमा गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरी रहेका छन्।

अघिल्लो सिजन भारतीय स्टार ओपनर शिखर धवनलाई अनुबन्ध गरी चर्चा बटुलेको कर्णाली याक्सले यसपटक पनि चर्चित विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी गरिरहेको छ। टोलीले बलियो टिम निर्माणमार्फत उपाधि चुनौती दिन रणनीति बनाएको जनाइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ५१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२