१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता) « Khabarhub

१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता)



काठमाडौं – एन्जिला रेग्मी नेपाली संगीतको चम्किलो नक्षत्र हुन्, जसको मधुर आवाजले सुन्ने सबैको मुटु छुन्छ। उनी बाल्यकालदेखि नै संगीतप्रति आकर्षित थिइन् । केवल १२ वर्षको उमेरमा आफ्नो गायन यात्रा सुरु गरेकी थिइन्। २०१४ मा सार्वजनिक भएको उनको हिट गीत “पिरतिको गोली” ले उनलाई व्यापक लोकप्रियता दिलायो र यही गीतका लागि उनलाई २०१५ मा म्युजिक खबर म्युजिक अवार्डमा ‘सर्वश्रेष्ठ महिला पप गायिका’ को सम्मान प्राप्त भयो।

अन्जिलाले केवल पप गीतमा मात्र नभई नेपाली चलचित्र संगीतमा पनि आफ्नो छाप छोडेकी छिन्। ‘सुश्री’, ‘छक्का पन्जा ३’, र ‘गोपी’ जस्ता चर्चित फिल्मका गीतमा उनले आफ्नो मधुर स्वर प्रस्तुत गरिन्, जसले दर्शक र संगीत प्रेमीहरूलाई मन्त्रमुग्ध बनायो।

उनले प्रस्तुत गरेका थुप्रै हिट गीत मध्ये चस्मा लगौली , बस बसरे, कपुरी क, ओइ तिम्रो छकी छैन कोइ जस्ता गीत पनि युवापुस्तामा अत्यन्तै लोकप्रिय छन्। अन्जिला आफ्नो संगीतको माध्यमबाट भावनालाई सरल तर प्रभावशाली तरिकाले व्यक्त गर्न सक्ने क्षमताले चिनिन्छिन्। प्रस्तुत छ गायिका अञ्जिल रेग्मीसँगको रमाइलो संवादः

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ९ : ५० बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२