नबिलको ‘एन आई ३१’ म्यचुअल फण्डमा आवेदन दिने अन्तिम दिन « Khabarhub

नबिलको ‘एन आई ३१’ म्यचुअल फण्डमा आवेदन दिने अन्तिम दिन


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबारबाट निष्काशन भएको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना एन आई ३१ मा आवेदन दिने मंगलबार (भदौ ३ गते) अन्तिम दिन हरेको छ । 

उक्त फण्डमा २ करोड ५० लाख इकाई रहेको छ । जसमा १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । 

बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरूमा १ करोड १२ लाख ५० हजार इकाई सार्वजनिक निष्कासनको रूपमा बिक्रीका लागि खुल्ला गरिएको छ । 

मंगलबारसम्म पुरै इकाइमा आवेदन नपरेमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । फण्डको मूल्य प्रति इकाई १० रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १०० इकाइका लागि र उच्चतम वा २५ लाख इकाईका लागि आवेदन दिन सकिने छ । 

फण्डले नेपाल धितोपत्र बोर्डबाट साउन ८ गते अनुमति पाएको थियो । एन आई ३१ फण्डको कोष प्रबन्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

उक्त फण्डको सुपरीवेक्षक ५ जना रहेका छन् । जसमा प्राध्यापक पवन कुमार ओझा पूर्व महान्यायाधिवक्ता, कानुन व्यवसायमा ३० वर्ष भन्दा बढीको अनुभव, हाल वरिष्ठ अधिवक्ताको रूपमा कार्यरत गरेका छन् । 

प्राध्यापक डा. विजय कुमार के.सी. शिक्षाविद्, शिक्षण तथा अनुसन्धानमा ४९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । धितोपत्र बोर्डका पूर्व सञ्चालक विनोद बाबु काफ्ले जो निजामती सेवामा ३० वर्षभन्दा बढीको अनुभव रहेका व्यक्ति छन् । 

त्यस्तै,  बिमा समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.फत्त बहादुर के.सी. समेत छन् । जसको शिक्षण तथा अनुसन्धानमा ३६ वर्षभन्दा बढीको अनुभव रहेको छ । महालेखा परीक्षकको कार्यालयका पूर्व प्रशासक (उप–महालेखा परिक्षक) देव बहादुर बोहोरा समेत कोष सुपरिवेक्षकको रूपमा छन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १२ : ०९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको