नबिलको ‘एन आई ३१’ म्यचुअल फण्डमा आवेदन दिने अन्तिम दिन « Khabarhub

नबिलको ‘एन आई ३१’ म्यचुअल फण्डमा आवेदन दिने अन्तिम दिन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबारबाट निष्काशन भएको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना एन आई ३१ मा आवेदन दिने मंगलबार (भदौ ३ गते) अन्तिम दिन हरेको छ । 

उक्त फण्डमा २ करोड ५० लाख इकाई रहेको छ । जसमा १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । 

बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरूमा १ करोड १२ लाख ५० हजार इकाई सार्वजनिक निष्कासनको रूपमा बिक्रीका लागि खुल्ला गरिएको छ । 

मंगलबारसम्म पुरै इकाइमा आवेदन नपरेमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । फण्डको मूल्य प्रति इकाई १० रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १०० इकाइका लागि र उच्चतम वा २५ लाख इकाईका लागि आवेदन दिन सकिने छ । 

फण्डले नेपाल धितोपत्र बोर्डबाट साउन ८ गते अनुमति पाएको थियो । एन आई ३१ फण्डको कोष प्रबन्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

उक्त फण्डको सुपरीवेक्षक ५ जना रहेका छन् । जसमा प्राध्यापक पवन कुमार ओझा पूर्व महान्यायाधिवक्ता, कानुन व्यवसायमा ३० वर्ष भन्दा बढीको अनुभव, हाल वरिष्ठ अधिवक्ताको रूपमा कार्यरत गरेका छन् । 

प्राध्यापक डा. विजय कुमार के.सी. शिक्षाविद्, शिक्षण तथा अनुसन्धानमा ४९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । धितोपत्र बोर्डका पूर्व सञ्चालक विनोद बाबु काफ्ले जो निजामती सेवामा ३० वर्षभन्दा बढीको अनुभव रहेका व्यक्ति छन् । 

त्यस्तै,  बिमा समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.फत्त बहादुर के.सी. समेत छन् । जसको शिक्षण तथा अनुसन्धानमा ३६ वर्षभन्दा बढीको अनुभव रहेको छ । महालेखा परीक्षकको कार्यालयका पूर्व प्रशासक (उप–महालेखा परिक्षक) देव बहादुर बोहोरा समेत कोष सुपरिवेक्षकको रूपमा छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ०९ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा