सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने  « Khabarhub

सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन तथा रिपोर्ट भेण्डिङ मेसिन भित्र्याइएको छ । टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त प्रविधि जडान गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक कार्यक्रमबीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुई वटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को शुभारम्भ गरेका छन्  ।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा आफ्नो प्राथमिकता तथा कार्य योजना सार्वजनिक गर्ने क्रममा सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही प्रतिबद्धता अनुरूप अन्य स्वास्थ्य संस्थाहरूमा जस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको उनको सचिवालयले जनाएको छ । 

के हो डिजिटल पीसीआर मेसिन ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी डा.सन्तोष सुवेदीका अनुसार कोभिड, निपा भाइरस लगायतका विभिन्न भाइरसहरू पत्ता लगाउने प्रविधिलाई पीसीआर मेसिन भनिन्छ । 

त्यो पीसीआरको पनि नयाँ प्रविधि डिजिटल पीसीआर हो । अहिले हामीले प्रयोग गर्दै आएको पीसीआर मेसिनभन्दा यो सयौँ गुणा राम्रो रहेको उनले बताए । 

एकदमै थोरै स्याम्पलमा थोरै मात्रै जीवाणुहरूको डिएनए अथवा आरएनए रह्यो भनेपनि यो मेसिनबाट सजिलै पत्ता लगाउन सकिने डा.सुवेदी बताउँछन् ।

उनका अनुसार यसबाट क्यान्सर सम्बन्धी विशिष्टीकृत परीक्षण जस्तै ब्राका वान, ब्राका टु लगायत जेनेटिक रोग गराउने रेयर म्युटेशनहरु यसबाट पत्ता लगाउन सकिन्छ । त्यस्तै सङ्क्रामक रोगहरू पनि पत्ता लगाउन सहज हुन्छ । यो किसिमको मेसिन नेपालमै पहिलो पटक जडान भएको डा.सुवेदीले बताए । 

पहिले प्रयोग गर्दै आएको पीसीएल मेसिनले थोरै मात्र जीवाणु अर्थात संक्रमण पत्ता लगाउन सक्थ्यो भने हाल यो मेसिनले हाम्रो शरीरमा भएका सानाभन्दा साना जीवाणुहरु पत्ता लगाउन सकिने डा. सुवेदीले बताए । 

नेपालमा हालसम्म सम्भव नभएका परीक्षणहरू यो मेसिनबाट गर्ने भएकाले यत्ति नै खर्च लाग्छ भनेर भन्न त सकिँदैन । तर सकेसम्म कम खर्चमा परीक्षण गराउने प्रयास रहन जानकारी उनले दिए ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड नेपालमा फैलिँदा सुरुवाती अवस्थामा विदेशमै गएर पत्ता लगाउनुपर्ने अवस्था आएको बताउँदै त्यस्तै नयाँ केही रोग आए भने डिजिटल पीसीआरको माध्यमबाट अब नेपालमै पत्ता लगाउन सकिने उनले बताए । 

 रिपोर्टको लागि लाइन लाग्न नपर्ने 

प्रयोगशालाले अर्को नयाँ प्रविधि ‘रिपोर्ट भेन्डिङ मेसिन पनि जडान गरेको छ । यो प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई ठूलो राहत हुने सूचना अधिकारी डा. सुवेदीले बताए । 

सुवेदीकाअनुसार अब सेवाग्राहीले आफ्नो रिपोर्ट लिनका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवाग्राहीले उपलब्ध गराइएको युनिकोड प्रयोग गरी आफैँले मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्नेछन् । 

जनस्वास्थ्य प्रयोगशालामा भएको यस प्रविधि विस्तारले नेपालको रोग निदान क्षमतालाई नयाँ उचाइमा पुर्याउने र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज बनाउने मन्त्रालयले विश्वास लिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ३५ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ