नेपालले दियो होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य « Khabarhub

नेपालले दियो होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु  जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । 

उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे । 

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई-दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए ।

होबर्ट हरिकेन्सले अहिले जबाफी ब्याटिङ गरिरहेको छ । 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ४१ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन