रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ | Khabarhub Khabarhub

रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने चेतावनी दिएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरलाई महाभियोग लगाउन भन्दै सांसदहरूको हस्ताक्षर संकलन गरिरहँदा रास्वपाले यस्तो चेतावनी दिएको हो ।

‘सुन्दैछौँ हस्ताक्षर संकलन हुँदैछ रे ! समाजिक लडाइँ लड्दै आएका एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् रे !,’ रास्वपा प्रवक्ता मनीष झाले भनेका छन्, ‘यसको नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरेको आरोपसमेत लगाएका छन् ।

‘परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको ओली र देउवाको लागि यो समावेशिताको परिवर्तन सह्य भएन,’ झाले भनेका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका थिए ।

मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका थिए ।

यसैबीच एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले नै उपसभामुख राना मगरलाई महाभियोग लगाएर हटाउने पक्षमा आफूहरू नरहेको प्रष्टिकरण सिंहदरबारमा दिएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : १० बजे

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको