विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग « Khabarhub

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरूले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य सदस्य भुवनबहादुर सुनारले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकाले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गरे । देशमै केही हुन्छ भन्ने भावनाको विकास गरी विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उनीहरूको भनाइ थियो ।

सदस्य नारायणदत्त भट्टले गौरीफन्टा नाका यथाशीघ्र सञ्चालन र झुलाघाटको पुल निर्माणका लागि प्रधानमन्त्रीको भारत भ्रमणका बेला प्रक्रिया अघि बढाउन माग गरे। ठूलो दल भएर पनि नेपाली कांग्रेसले त्याग गरेको उल्लेख गर्दै यसबाट पाठ सिक्न सबै दललाई आह्वान गरे ।

सदस्य गङ्गाकुमारी बेल्वासेले चाडपर्वको मौसम सुरू भएकाले पूर्व पश्चिम, उत्तर दक्षिणका सडक मार्ग मर्मत गर्न माग गरिन्। सडकमा बनेका खाल्डाखुल्डी पुरेर चाडबाडको आवागमन सहज बनाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराइन्। तातोपानी, रसुवागढी नाका बन्द भएको नाममा बजारमा विकृति देखिएकाले अनुगमन गरी बजारलाई सहज बनाउनुपर्ने पनि सांसद बेल्वासेको भनाइ थियो ।

सदस्य इन्दिरा गौतमले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएकी थिइन् । सकारात्मक कुरालाई पनि केही भएको छैन भनी गलत प्रचार गरिनु नहुने उनको भनाइ थियो ।
 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ४४ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा