डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चको आदेश  « Khabarhub

डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चको आदेश 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले डिम्ब कारोबारमा रोक लगाउन आदेश जारी गरेको छ ।

न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो । डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका तथा किशोरीहरूको शोषण हुन सक्ने जोखिम हुने भन्दै अधिवक्ता अंकिता त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिटको अन्तिम टुंगो नलागेसम्म डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण नगर्न, गर्न नदिन सर्वोच्चले आदेश दिएको छ । साथै, यसको कारोबारप्रति निगरानी प्रभावकारी बनाउन पनि आदेश दिइएको छ । 

सरकारले निःसन्तान व्यवस्थापन सेवा सञ्चालनलाई व्यवस्थित बनाउन भन्दै आइतबार ९भदौ १ गते मात्रै० मापदण्ड स्वीकृत गरेको थियो । खासगरी डिम्ब कारोबारलाई वैधता दिने गरी यो मापदण्ड बनाएको हो ।

‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ लाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको तेस्रो दिनमै अदालतले रोक लगाएको छ । 

स्वीकृत मापदण्डअनुसार अब निःसन्तानको समस्या भोगिरहेका व्यक्तिलाई २० देखि ३५ वर्ष उमेर समूहसम्मका महिला वा पुरुषले शुक्रकीट र अण्डा दान गर्न पाउने व्यवस्था गरिएको थियो ।

सो उमेर समूहका व्यक्तिले तीन महिनाको फरकमा ६ पटकसम्म शुक्रकीट र अण्डा दान गर्न पाउने व्यवस्था सरकारको मापदण्डमा छ । 

गत असारमा १८ वर्षमुनिका किशोरीहरूको डिम्ब (अण्डा) झिकेर व्यापारिक प्रयोजनमा उपयोग गरेको घटना बाहिरिएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ४५ बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ