कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा « Khabarhub

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

गेटा आँखा अस्पताल र सोही अस्पतालअन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट दुई लाख ८० हजार १५ जनाले आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीले ओपिडी सेवा लिएको गेटा आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गोविन्दप्रसाद जोसीले जानकारी दिए । जसमध्ये २२ हजार २७३ जनाको शल्यक्रिया गरिएको उनले बताए ।

आँखा अस्पतालले सुदूरपश्चिमका नौ वटै जिल्लामा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । त्यस क्रममा १८ वटा सर्जिकल क्याम्पहरू सञ्चालन गरिएकामा ओपिडी सेवा लिएका १० हजार ५७३ जनामध्ये दुई हजार ५२ जना आँखासम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सूचना अधिकारी जोसीले बताए ।

त्यस्तै २१७ वटा ‘स्पोट स्क्रिनिङ क्याम्प’ गरेर २३ हजार ८६५ जनाको आँखा जाँच गरिएको थियो । जोसीले भने, ‘तीमध्ये अस्पतालले मोतिया विन्दुलगायत अन्य भेटिएका बिरामीलाई गेटा आँखा अस्पतालमा ल्याएर शल्यक्रिया गरेका थियौँ ।’

गेटा आँखा अस्पतालले गत आवमा विद्यालय आँखा जाँच कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस क्रममा ४०८ वटा विद्यालयमा गएर ८६ हजार ६४३ जना बालबालिकाको आँखा जाँच गरेको उनले जानकारी दिए । आँखा जाँच गर्दा केही बालबालिकाको दृष्टिमा समस्या देखिएका र चस्मा लगाउनु पर्नेहरू एक हजार २८० जनालाई निःशुल्क चस्मा वितरण गरेको उनको भनाइ छ ।

अघिल्लो आव २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जना आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचार निरन्तर प्रवाह भइरहेको छ ।

गेटा आँखा अस्पतालमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । अस्पतालको उपचार सेवाप्रति विश्वास हुनुका साथै गुणस्तरीय सेवा प्रवाह भएकाले पनि लामो समयदेखि आँखा उपचारको लागि भारतीय मूलका नागरिक यहाँ आउने गरेका छन् ।

पछिल्लो समय भने भारतको पलियालगायत स्थानमा आँखासम्बन्धी अस्पताल खुलेपछि पहिलेको तुलनामा भारतीय बिरामीको चाप केही घटेको सूचना अधिकारी जोसीले बताए । 

उनले भने, ‘आँखासम्बन्धी ओपिडी सेवा लिने नेपालीभन्दा भारतीय बिरामीको सङ्ख्या कम भए पनि शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या भारतीय नै बढी हुने गरेका छन् ।’ रासस

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : ०७ बजे

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका

विद्यार्थी समस्याबारे ध्यानाकर्षण गराउन माइतीघरमा सडक नाटक

काठमाडौं– विद्यार्थीहरूले भोगिरहेका शैक्षिक, आर्थिक तथा रोजगारीसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण

साहित्यकार डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन

काठमाडौं– लेखक तथा सहित्यकार खुसीराम डौलियाद्धारा लिखित २० कृतिहरु एकै

रवि र शिशिरको भारत भ्रमणबारे नीलाम्बरको टिप्पणी : मुख्य मुद्दा नउठाएर नेपाल फेरि चुक्यो

काठमाडौं- नेपाल–भारत प्रबुद्ध समूहका सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं– पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्