सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन् « Khabarhub

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिरहा – जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा डिप बोरिङमध्ये आधाभन्दा बढी हालसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

कृषि ज्ञान केन्द्रका अनुसार प्राविधिक संरचना, विद्युत् ट्रान्सफर्मर, पाइपलाइनको अभाव र स्थानीय समिति गठनमा चासो नहुनुजस्ता प्रमुख कारणले बोरिङ सञ्चालनमा आउन नसकेका हुन् ।

केन्द्र प्रमुख नरेन्द्रकुमार महासेठले यहाँको गोलबजार नगरपालिकामा गाडिएका एक यस ५४ डिप बोरिङमध्ये ३२ वटा, धनगढीमाई नगरपालिकामा २४ मध्ये १७, भगवानपुर र नवराजपुर गाउँपालिकामा सात–सात वटा बोरिङमध्ये पाँच–पाँच, कर्जन्हा नगरपालिकामा २८ मध्ये १६, विष्णुपुर गाउँपालिकामा पाँचमध्ये तीन र सखुवानन्कारकटी गाउँपालिकामा १० वटामध्ये एउटासमेत सञ्चालनमा नआएको बताए ।

यस्तै, बरियारपट्टी गाउँपालिकामा १७ मध्ये १०, मिर्चैया नगरपालिकामा ३३ मध्ये २४, अर्नमा गाउँपालिकामा १५ मध्ये १४, सिराहा नगरपालिकामा २६ मध्ये १५, कल्याणपुरमा एक, लक्ष्मीपुर पतारीमा २१ मध्ये सबै, सुखीपुरमा १० र नरहा गाउँपालिकामा ४१ मध्ये ३२ वटा सञ्चालनमा आउन सकेका छैनन् । लहान नगरपालिकामा पनि १६ मध्ये १३ वटा बोरिङ सञ्चालनमा आउन सकेका छैनन् ।

‘कतिपय पालिकामा डिप बोरिङ जडान भएको ३० वर्ष नै पुगिसकेको छ, तर अझैसम्म विद्युतीकरण, पाइपलाइन विस्तार र समिति गठन गरिएको छैन । त्यसै कारण बोरिङ सञ्चालनमा छैनन्’, केन्द्र प्रमुख महासेठले भने ।

सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै सिँचाइको दीर्घकालीन समाधानस्वरूप पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरेको छ । सिरहामा भने बगितमा गाडिएका बोरिङमध्ये करिब ६० प्रतिशत सञ्चालन हुनसकेका छैनन् ।

स्थानीय किसान तथा सरोकार भएकाहरू जिल्लाभर करोडौँ खर्चेर जडान भएका बोरिङ सञ्चालनमा जोड दिनुपर्ने र सरकारको घोषणाअनुसार आवश्यक ठाउँमा नयाँ जडान गर्नुपर्ने बताउँछन् । रासस

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : २३ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन