संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल « Khabarhub

संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपिल गरेका छन् ।

संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उनले देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको उल्लेख गरेका छन् । 

अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा घुसपैठ भई हिंसा मच्चाउँदा युवाको ज्यान गएकामा दुःख व्यक्त गर्दै उहाँले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकेताकी गोली हान्ने आदेश नदिएको स्पष्ट गरे।

‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु’, उनले भनेका छन्, ‘यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छन् । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।’

अध्यक्ष ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित देशलाई भू–जडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचना बनाइरहेको र उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेको स्मरण गरे। 

‘हाम्रो सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेका थियौँ । हाम्रा विकास संरचनाका जग बसालेका थियौँ । अर्थतन्त्र तङ्ग्रँदै थियो’, वक्तव्यमा भनिएको छ, ‘यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो रु वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो रु यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्नेछ । विदेश जाने र आउने विमानस्थलको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउनेछ । हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ ।’

अध्यक्ष ओलीले युवाले काजी भीम मल्ल देशको सिमाना विस्तार गरेर देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रहेको घटना पनि स्मरण गरेका छन् ।
 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ११ : ५३ बजे

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा