गृहमन्त्रीले भने- प्रहरीको मनोबल बढाउन सरकार तत्पर छ « Khabarhub

गृहमन्त्रीले भने- प्रहरीको मनोबल बढाउन सरकार तत्पर छ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेका छन् ।

नक्साल पुगेर उनले जेन-जी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् । त्यस क्रममा उनले उच्च मनोबलसहित राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरीलाई निर्देशन दिए ।

गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ, तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।’

उनले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए। गृहमन्त्री अर्यालले कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशनसमेत दिए ।

उनले भने, ‘तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’

उक्त कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखलगायत भर्चुअल माध्यममार्फत् उपस्थिति थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ११ : ५६ बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका