टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान सभाबाट नयाँ संविधान जारी भएको १० वर्ष पूरा भएको छ ।

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।

संविधान दिवसको अवसरमा  संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभालगायत सहभागी भएका थिए ।

समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतले मार्सपास गरेका थिए भने शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । अहिलेको विशेष परिस्थितिका कारण दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएको थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १२ : १५ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको