च्यासलबाट एमालेको उद्घोष- चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ « Khabarhub

च्यासलबाट एमालेको उद्घोष- चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चुनौतीको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताएका छन् । 

संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेन-जी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चुनौतीको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताएका हुन् ।

एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चुनौतीलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गरे ।

पोखरेलले समयमा नै ध्यान दिन नसके प्राप्त गरेका उपलब्धीहरू खोसिन सक्ने भन्दै यसबारे सचेत हुन जरुरी रहेको बताए ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरे ।  

राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्‍याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उनले बताए । नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम गरेको उनको दाबी छ ।  

उनले नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै त्यस प्रति गर्व गर्नुपर्ने बताए । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै उनले एमाले फेरी उठ्ने दाबी गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १२ : १२ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम