गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन « Khabarhub

गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।

परिषद्का १० निर्वाचित सदस्यहरूले पेस गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । प्रस्तावमा ‘गाजामा सबै पक्षले सम्मान गर्ने तत्काल, बिना शर्त र स्थायी युद्धविराम’, हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।

अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले भनिन्, ‘यस प्रस्तावको अमेरिकी विरोध कुनै आश्चर्य होइन । यसले हमासको निन्दा गर्दैन, न इजरायलको आत्मरक्षाको अधिकारलाई मान्यता दिन्छ । बरु यसले हमासलाई फाइदा पुग्ने झूटा कथालाई वैधानिकता दिन्छ ।’

अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले तीव्र आलोचना गरे । प्यालेस्टिनी दूत रियाद मन्सुरले भने, ‘परिषद्को मौनता यसको विश्वसनीयता र अधिकारका लागि ठूलो मूल्यमा आउँछ । अत्याचार अपराधहरू भइरहेका बेला भिटो शक्तिको प्रयोग हुनु हुँदैन ।’

अल्जेरियाका राष्ट्रसङ्घीय राजदूत अमर बेन्दजामाले भने, ‘प्यालेस्टिनी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई क्षमा गर्नुहोस् । संसारले अधिकारको कुरा गर्छ तर तपाईँहरूलाई अस्वीकार गर्दछ । हाम्रो निष्कपट प्रयास पनि अस्वीकारको पर्खालसँग ठोक्कियो ।’

इजरायली राजदूत ड्यानी डेननले ‘गाजामा हाम्रो युद्धलाई कुनै औचित्य आवश्यक छैन’ भन्दै अमेरिकाले दिएको भिटो समर्थनप्रति आभार व्यक्त गरे ।

यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८०औँ वार्षिकोत्सवकै दिन भयो । अल जजिराका कूटनीतिक सम्पादक जेम्स बेजले यसलाई ‘उदास’ क्षणका रूपमा वर्णन गर्दै भने, ‘अमेरिकाको दृष्टिकोणले ‘अमेरिका–पहिलो’ सोचलाई प्रतिबिम्बित गर्छ, जबकि धेरै देशहरूले बहुपक्षीय कूटनीतिको समर्थन गरिरहेका छन् ।’ रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ०६ बजे

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा