संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री कार्की


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले हालैको जेन-जी आन्दोलनको भावना र चाहना अनुसार संविधान संशोधनमार्फत देखिएका समस्याको समाधान खोज्न सकिने धारणा राखे । 

उनले आवेश र उत्तेजना भन्दा माथि उठेर राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल, नागरिक समाज र आम नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले युवाहरूले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मागलाई उचित र सान्दर्भिक बताउँदै प्रदेश सरकार संविधानको पालना, कानुनी शासन र पारदर्शिता कायम गर्न कटिबद्ध रहेको स्पष्ट पारे । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : १० बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका