संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री कार्की


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले हालैको जेन-जी आन्दोलनको भावना र चाहना अनुसार संविधान संशोधनमार्फत देखिएका समस्याको समाधान खोज्न सकिने धारणा राखे । 

उनले आवेश र उत्तेजना भन्दा माथि उठेर राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल, नागरिक समाज र आम नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले युवाहरूले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मागलाई उचित र सान्दर्भिक बताउँदै प्रदेश सरकार संविधानको पालना, कानुनी शासन र पारदर्शिता कायम गर्न कटिबद्ध रहेको स्पष्ट पारे । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : १० बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६