पेरिसडाँडामा प्रचण्ड : सेनापतिसँग रातभर वार्ता गरेर राष्ट्रपति र संविधानलाई जोगाएँ « Khabarhub

पेरिसडाँडामा प्रचण्ड : सेनापतिसँग रातभर वार्ता गरेर राष्ट्रपति र संविधानलाई जोगाएँ

जेन–जी विद्रोह जनयुद्धकै अर्को स्वरुप भएको जिकिर


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेन-जी विद्रोहपछिको परिस्थितिमा प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गरेर राष्ट्रपति र संविधान जोगाएको बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले जेन–जी आन्दोलनलाई जनयुद्धसँग जोडेका छन् ।

उनले जनयुद्धमा सहभागीमध्ये झन्डै ९० प्रतिशत जेन–जी पुस्ता रहेको स्मरण गरे । ‘सबैभन्दा ठूलो विद्रोह जेन–जी विद्रोह त जनयुद्ध नै हो। नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याउने र हजारौँको बलिदानका लागि तत्पर हुने पुस्ता जेन–जी नै थियो’, उनले भने ।

प्रचण्डले ठूला दलहरू कांग्रेस र एमालेको अहङ्कारले देशलाई आजको संकटपूर्ण अवस्थामा पुर्‍याएको दाबी गर्दै संविधान निर्माणका कठिन क्षणहरू स्मरण गरे।

उनले भूकम्पपछिको पुनर्निर्माण र संविधान निर्माणलाई अघि बढाउन विपक्षी दलहरूसँग गरेको सहकार्य, प्रधानमन्त्री पद अफर गर्नुपरेको प्रसंग र संविधान जोगाउन रातभर राष्ट्रपतिसँग गरेको छलफलसमेत उल्लेख गरे।

उनले भने, ‘संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिको पद नै हटाउने कसरतसम्म भए। तर अन्ततः हामीले संविधानलाई जोगाउन सक्यौँ।’

आगामी ६ महिनाभित्र निर्वाचन गर्न सरकारले घोषणा गरेको प्रसङ्गमा प्रचण्डले त्यसलाई संवैधानिक निकासको अवसरका रूपमा चित्रित गरे।

उनले सबै राजनीतिक शक्ति र जनताले एकजुट भएर निर्वाचन सम्भव गराउनुपर्नेमा जोड दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको बाटो संवैधानिक रूपमा खोलिनुपर्ने चाहना व्यक्त गरे।

उनले भने, ‘निर्वाचन सजिलो छैन। तर सबै जेन–जी विद्रोहीदेखि आम नेपाली जनता एकजुट हुने हो भने निर्वाचन सम्भव छ, र निर्वाचनलाई सम्भव गराउनैपर्छ।’

उनले संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने कसरतहरू भएका पनि खुलासा गरेका छन् ।

‘मैले सहजीकरणका लागि रातभर बसेर, राष्ट्रपतिज्यूसँग, प्रधानसेनापतिसँग र अन्य दलका नेताहरूसँग पनि संवाद गरेँ । अन्तरिम सरकारको अहिले जे रूप देखिएको छ, त्यो हो पुरानो प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने, नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने’, उनले भने, ‘यो प्रक्रियामा कहीँ–न–कहीँ संविधान बचाउने, संविधानको ऐतिहासिकतालाई आत्मसात् गर्ने भावना अन्तर्निहित रहेको कुरा मैले नजिकबाट देखेको छु।’

त्यसकारण हामीले अब निर्वाचन ६ महिनापछि घोषणा गरिएको छ। त्यो घोषित मितिमा नै निर्वाचन होस् र देशले फेरि एउटा नयाँ निकास प्राप्त गरोस्। र त्यसबाट जेनजी आन्दोलनका विद्रोहीहरूको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक रूपमा नै खुलोस् भन्ने हाम्रो चाहना छ। त्यसकारण हामी अब कुनै द्विविधामा, भ्रममा नपरीकन यो निर्वाचन सम्पन्न गर्नको लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ।

उनले निर्वाचन सजिलो नरहेको बताए । ‘मानिसहरूलाई विश्वास भइरहेको छैन। कहिलेकाहीँ त प्रधानमन्त्री स्वयं बाहिर बोल्दा पनि ‘के हो’ भन्याजस्तो लाग्छ’, उनले भने, ‘तर हामी भन्छौँ, सबै जेनजी विद्रोहीदेखि नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुने हो भने निर्वाचन सम्भव छ। निर्वाचन सम्भव गराउनुपर्छ ।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ३३ बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन