माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला « Khabarhub

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र २४ गते भएको जेन-जी विद्रोपछिको आवेग र प्रतिशोधको वातावरणबारे चिन्ता जनाउँदै संयमित हुन आग्रह गरेका छन्।

जेनजीहरूको भावना सम्मान गर्नुपर्ने बताउँदै उनले उनीहरूमाथि अभियोग लगाउनु आफ्नै सन्ततीलाई गाली गर्नु जस्तै भएको बताए ।

इलामबाट निर्वाचिन पूर्वसांसद् नेम्वाङले भनेका छन्, ‘अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु–अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौँ।’

जेनजी विद्रोह हुने परिस्थितिसम्मको गल्तीमा आफ्नो भागको जिम्मेवारी लिन तयार रहेको पनि उनले बताएका छन् ।

स्वर्गीय एमाले उपाध्यक्ष सुवासकुमार नेम्वाङका छोरा उनले भनेका छन्, ‘यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला। यदि रहे मेरो भागमा कति पर्छ कुन्नि? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु,’ उनले भनेका छन्, ‘गल्ती नेतृत्वमा बस्नेबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ। जनतालाई माफी मागेर सँच्चिने प्रण गर्नु नै हाम्रो महानता हो।’

जेन-जीहरू आफ्नै सन्तान भएकाले उनीहरूको भावनाको सम्मान गरेर जानुपर्ने उनले बताए ।

‘आफ्नो अस्तित्व र अधिकारका लागि सडकमा आएका जेन-जीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो,’ उनले भने, ‘आफ्नै सन्ततीलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक हुन सक्दैनन्।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ५३ बजे

पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा