माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला « Khabarhub

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र २४ गते भएको जेन-जी विद्रोपछिको आवेग र प्रतिशोधको वातावरणबारे चिन्ता जनाउँदै संयमित हुन आग्रह गरेका छन्।

जेनजीहरूको भावना सम्मान गर्नुपर्ने बताउँदै उनले उनीहरूमाथि अभियोग लगाउनु आफ्नै सन्ततीलाई गाली गर्नु जस्तै भएको बताए ।

इलामबाट निर्वाचिन पूर्वसांसद् नेम्वाङले भनेका छन्, ‘अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु–अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौँ।’

जेनजी विद्रोह हुने परिस्थितिसम्मको गल्तीमा आफ्नो भागको जिम्मेवारी लिन तयार रहेको पनि उनले बताएका छन् ।

स्वर्गीय एमाले उपाध्यक्ष सुवासकुमार नेम्वाङका छोरा उनले भनेका छन्, ‘यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला। यदि रहे मेरो भागमा कति पर्छ कुन्नि? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु,’ उनले भनेका छन्, ‘गल्ती नेतृत्वमा बस्नेबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ। जनतालाई माफी मागेर सँच्चिने प्रण गर्नु नै हाम्रो महानता हो।’

जेन-जीहरू आफ्नै सन्तान भएकाले उनीहरूको भावनाको सम्मान गरेर जानुपर्ने उनले बताए ।

‘आफ्नो अस्तित्व र अधिकारका लागि सडकमा आएका जेन-जीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो,’ उनले भने, ‘आफ्नै सन्ततीलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक हुन सक्दैनन्।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ५३ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम