जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै « Khabarhub

जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाग्मती–  ‘जेन-जी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा आगजनीबाट जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । आगजनीबाट सो कार्यालयको भुइँतला र माथिल्लोतला जलेर पूर्ण रूपमा ध्वस्त भएका थिए भने पहिलोतला सुरक्षित छ । 

सुरक्षित रहेका कोठामा जोगिएका टेबुल कुर्सी राखेर तत्काल कार्यालयको सेवा सञ्चालन गर्ने तयारीमा जुटेको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । 

‘आगजनीबाट भुइँतलामा रहेको सेवाग्राहीका करिब ७० हजार फाइल तथा आवश्यक कागजात जलेर खरानी भइसकेको छ’, प्रमुख श्रेष्ठले भने, ‘अहिले भुइँतलामा थुप्रिएको ती खरानी सफा गरिरहेका छौँ, मेरो कार्यकक्षसहित पहिलोतलाको केही कोठा करिब करिब सुरक्षित छ, हामी त्यही कोठामा कार्यालय व्यवस्थापन गरेर तत्काल नियमित सेवाप्रवाह गर्ने तयारीमा जुटेका छौँ ।’

आगजनीबाट कार्यालयमा जडान गरिएको विद्युत्, इन्टरनेट र खानेपानी क्षतिग्रस्त भइसकेको छ । प्रमुख श्रेष्ठले भने, ‘’तत्काल विद्युत् र इन्टरनेट सेवा जडानको काम भइरहेको छ, ती काम सकिएपछि दर्ता, नवीकरण, रोड प्रमिटलगायतका काम सुरु गर्छौँ ।’

कार्यालयमा रहेका सेवाग्राहीको फाइल तथा महत्त्वपूर्ण कागजात जलिसकेकाले अब कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालय, विभाग र कर्मचारीसँग आवश्यक छलफल भइरहेको उनको भनाइ छ । 

सेवा सञ्चालनका लागि तत्काल आवश्यक कागजात छपाइ, विद्युतीय समान खरिदको काम भइरहेकाले चाँडै सेवा सञ्चालन हुने प्रमुख श्रेष्ठले बताए । 

जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालयमा करिब एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । 

आगजनीबाट कार्यालयमा रहेका २४ थान कम्प्युटर, ३८ थान प्रिन्टर, दुई थान ल्यापटपलगायत ६३ किसिमका सामान जलेर खरानी भएका छन् । 

यस्तै, कार्यालयको भण्डारण कक्षमा राखिएको पाँच हजार थान इम्बुस नम्बर प्लेटसमेत जलेर नष्ट भएको छ भने प्रदर्शनकारीले दुई मोटरसाइकल र एउटा स्कुटरसमेत जलाएर खरानी बनाएको कार्यालय जनाएको छ । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ५२ बजे

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ

काबुल- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि

हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित

झापामा बालेन भन्दैछन् : विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने भन्दै