प्रचण्डले भने- संविधान कार्यान्वयनमा सबै लागौँ « Khabarhub

प्रचण्डले भने- संविधान कार्यान्वयनमा सबै लागौँ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा गर्दै कार्यान्वयनका निम्ति सक्रिय हुन सबैलाई आह्वान गरेका छन् । संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

संविधान दिवसका अवसरमा पेरिस डाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधानलाई बचाउनका निम्ति आफूले सक्दो पहल गरेको बताए । यही भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको उनको भनाइ छ । 

‘जेन-जीले उठाएका माग हामीले आजभन्दा १० वर्ष अगाडिदेखि नै उठाउँदै आएका हौँ, तर अहिले जेन-जीले आन्दोलन गर्नुपर्ने र दर्जनौँ युवाले ज्यान गुमाउनुपर्ने परिस्थिति सिर्जना हुनु राम्रो होइन’, अध्यक्ष दाहालले भने । 

आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयतालगायत महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायको संवैधानिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले अब हिनाताबोध भन्दा पनि सक्रियताका साथ अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ०४ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५