जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या « Khabarhub

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ।

हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए ।

आक्रमणका क्रममा देउवालाई पछाडिबा धारिलो हतियारले हानिएको खुलेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् ।

‘आजको बैठक पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथिको अमानवीय र बर्बर भौतिक आक्रमणको कडा निन्दा गरेको छ’, उनले भने, ‘साथै उहाँहरूको घरमा गरिएको आगजनीको पनि भर्त्सना गरेको छ। बैठक सुरू हुनुअघि नै उपसभापति पूर्णबहादुर खड्काले दुवैको स्वास्थ्य सुधार भइरहेको ब्रिफिङ गर्नु भयो ।’

देउवाको गर्धनभन्दामाथि र तल लागेको चोट गहिरो भएकाले सुरूमा आत्तिनपुरेको विश्वकर्माले बताए । ‘हामी सुरूमा अत्तालिएका छौँ । तर अहिले दुवैजनाको सुधार भएको छ’, विश्वकर्माले भने ।

उनका अनुसार देउवाको टाउकोको पछाडि गर्धनभन्दा माथि गहिरो चोट लागेको छ । उक्त घाउमा १२ वटा टाँका लगाएर सिलाउनुपरेको विश्वकर्माले बताए । विश्वकर्माका अनुसार जेन-जीका नाममा छिरेका अराजक समूहले देउवा दम्पतीलाई कुटपिटसहित लछारपछार पनि गरेका थिए ।

‘गर्धनमुनि पनि चोट लागेको छ । उपचार जारी छ । सभापति देउवा अहिले हिँडडुल गर्ने, फोन गर्ने गर्दै हुनुहुन्छ । पार्टीसँग सम्पर्कमै हुनुहुन्छ’, उनले भने, ‘तर डाक्टरको परामर्शले उहाँलाई अस्पतालमै राखिएको छ। उठ्दा चक्कर लाग्ने समस्या छ । बोल्दा गाह्रो भएको छ। डाक्टरले अझै केही दिन राखौँ भन्नु भएको छ।’

विश्वकर्माकाअनुसार देउवालाई डाक्टरले धारिलो हतियारले हानेको बताएका छन् । ‘सभापतिमाथि आक्रमणका क्रममा रेन्च, मार्तल र ह्यामरहरू प्रयोग गरिएको देखिएका छन्’, उनले भने, ‘चोट गहिरो भएकाले सिलाउनुपरेको हो । अहिले सैनिक अस्पतालमा उपचाररत हुनु हुन्छ । चाँडै निको हुने विश्वास हामीलाई छ।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ०४ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई