अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी « Khabarhub

अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् । 

एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ, जसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ ।

यस योजनाअन्तर्गत भियतनामले मस्कोबाट लडाकु विमान, ट्याङ्क र जहाज ऋणमा लिएको छ र साइबेरियास्थित संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको छ । लेनदेन नगद बिना तर गोप्य ढङ्गले प्रवाह हुनेगरी डिजाइन गरिएको हो ।

अमेरिकाले दक्षिणपूर्व एसियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो । ह्वाइट हाउसले हनोईसँग व्यापारमा २०  प्रतिशत भन्सार शुल्क लगाएर वार्ता जारी राखेको छ ।

संयन्त्रको काम गर्ने तरिका

सन् २०२४ मा तयार गरिएको मेमोअनुसार भियतनामको नाफा रूस पठाइन्छ । त्यसपछि रूसी राज्य स्वामित्वको कम्पनी जारुबेझनेफ्ट मार्फत फेरि भियतनामको पेट्रोभियतनाममा फिर्ता हुन्छ । 

यसरी रकम रूस र भियतनामभित्र मात्रै सर्छ र स्विफ्ट प्रणालीबाट जोगिन्छ ।

रणनीतिक सन्देश

विश्लेषकहरूले यसलाई सामान्य व्यापारिक ‘अफसेट’ भन्दा निकै माथिको व्यवस्था भनेका छन् । 

भियतनामले चीनसँगको दक्षिण चीन सागर विवादलाई ध्यानमा राख्दै आफ्नो सेनालाई बलियो बनाउन रुसी हतियारमा निर्भर रहेको देखिन्छ । अमेरिकाले भने यसलाई चीनविरुद्ध साझेदारको रूपमा हेर्छ ।

राजनीतिक संवेदनशीलता

आन्तरिक कागजात चुहाउने भियतनामी अधिकारीले वासिङ्टनसँगको सम्बन्ध जोखिममा पार्ने डर औँल्याएका छन् । अमेरिकाले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि ‘प्रतिबन्ध यथावत् रहने’ चेतावनी दिएको छ ।

यसबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हनोई भ्रमण (सन् २०२४) मा नयाँ ऊर्जा सम्झौताहरू भएको थियो भने सन् २०२६–२०३० को रक्षा–रणनीतिक साझेदारीमा पनि हस्ताक्षर भएको छ । 

विशेषज्ञहरूका अनुसार युरोप र अमेरिकाबाट दबाब बढेसँगै भियतनामको यो दोहोरो खेल कूटनीतिक चुनौती बन्न सक्छ । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : ०१ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित