‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’ « Khabarhub

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता कायम गर्न आवश्यक रहेको बताएका छन्  । संविधान दिवस  एवं राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा  राष्ट्रिय झन्डोत्तोलन गर्दै उनले सबैमा शुभकामना व्यक्त गरे। 

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ प्रदेश सरकार मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा  मुख्यमन्त्री कार्कीले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको भावनाअनुसार अगाडि बढ्न सबैलाई आग्रह गरे ।  
 
मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विभिन्न अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको कदर गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

उनले गत भदौ २३ र २४ मा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर गरेको प्रदर्शनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउने युवाहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : २६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा