अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले भएको हैन : कृष्णप्रसाद सिटौला « Khabarhub

अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले भएको हैन : कृष्णप्रसाद सिटौला


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले नभएको ठोकुवा गरेका छन्

बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चुनौतीहरू विषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको स्वेच्छाले अन्तरिम सरकार गठन र संसद् विघटन नभएको बताएका हुन्  । 

उनले बाध्यता र परिवेशका कारण राष्ट्रपतिले अन्तरिम सरकार गठन र संसद् विघटन गर्नुपरेको जिकिर गरे । अहिले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुन्छ भनेर सोच्नु मूर्खताबाहेक केही नहुने उनले बताए । 

सिटौलाले अहिलेको अवस्थामा जनताको सर्वोच्चता कायम गरेको संविधानलाई सबै मिलेर जोगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । त्यसका लागि सबै राजनीतिक दल र सरोकारवालाबीच बृहत् एकता गर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

उनले जेन-जी आन्दोलनका नाममा संविधान विपरीतको काम भएको स्पष्ट पारे । सिटौलाले पार्टीभित्र पनि वादविवाद नगरी जनतालाई सर्वोपरि राखेर काम गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : १० बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका