रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति « Khabarhub

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो थामिएको छ ।

शनिबार सचिवालय विस्तार गर्ने निर्णयले झन् नयाँ विवाद सुरू भएको छ । विघटित प्रतिनिधिसभाकी सदस्य डा. तोसिमा कार्कीले सचिवालय विस्तार गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएकी छन् ।

नेतृत्व पुनर्गठनको बहस चलिरहेको बेला विस्तारित बैठक डाकिसकेको अवस्थामा सचिवालय विस्तार गरिएको भन्दै उनले असहमति प्रकट गरेकी हुन् ।

शनिबार साँझ बसेको भर्चुअल बैठकले हरि ढकाल, सोविता गौतम, गणेश पराजुली र शिशिर खनाललाई सचिवालय सदस्यमा बढुवा गरेको थियो ।

तर यो निर्णयले पार्टी ‘रिफर्मेशन’ को माग पूरा गर्न नसकेको जनाउँदै तोसिमाले कार्यकारी नेतृत्व परिवर्तनको माग पनि गरेकी छन् ।

‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो, त्यसकै लागि विस्तारित बैठक तोकिएको थियो’, उनले भनेकी छन्, ‘महाधिवेशन कैले गर्ने, के गर्ने भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठक समेत नकुरी सचिवालय विस्तार गरियो, हामीले खोजेको रिफर्मेसन यो होइन, कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो ।’

नेतृत्वको कार्यशैली सच्याउनुपर्नेमा सचिवालय विस्तारले राम्रो सन्देश नगरेको तोसिमाले बताएकी छन्

‘विस्तारित बैठकमा पार्टीको संगठनको बृहत् सहभागिता र मताधिकारको सुनिश्चित गरियोस्, नत्र देशभरबाट चितवन बोलाएर समय, पैसा र श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन’, उनले भनेकी छन् ।

अन्य दलमा जस्तै जेन-जी प्रदर्शनपछि रास्वपामा पनि नेतृत्व परिवर्तनको बहसले तीव्रता पाएको छ । सहकारी ठगी जस्तो गम्भीर आरोपमा जेल जीवन बिताइरहेका सभापति रवि लामिछानेलाई बिदा गर्नुपर्ने आवाज पनि उठिरहेको छ ।

अहिले रास्वपामा लामिछानेको विकल्प खोज्नुपर्ने र उनैलाई नेतृत्वमा राखेर लानुपर्ने दुई पक्षमा रास्वपा विभाजित छ । यही विवादबीच नेतृ सुमना श्रेष्ठले पार्टी छाडिसकेकी छन् । अन्य नेता पनि रास्वपाबाट बिदा हुने तयारीमा छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : ५० बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी