मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग « Khabarhub

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रबात- मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेनजी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् । सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू, विशेषतः डीसकर्ड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर सङ्गठित ढङ्गमा प्रदर्शन गरिरहेका छन् ।

यी युवाहरूको आक्रोश सरकारको प्राथमिकता र संसाधनको असमान वितरणप्रति हो । सरकारले सन् २०३० विश्वकपका लागि नयाँ स्टेडियमहरू बनाउन अर्बौं डलर खर्च गर्दैछ, तर ग्रामीण भेगमा अस्पतालमा डाक्टर छैनन्, सडक कच्ची छन् र विद्यालयहरू सुविधाविहीन छन् । आन्दोलनको दौरान हजारौं युवा सडकमा उत्रिएका छन् ।

धेरै स्थानमा झडप पनि भएका छन्, जसमा केहीको ज्यान गएको छ र सयौं युवाहरू पक्राउ परेका छन् । यति हुँदाहुँदै पनि युवाहरूको जोश र आवाज कमजोर भएको छैन । उनीहरूले राजा मोहम्मद ६ लाई खुला पत्र लेख्दै प्रधानमन्त्रीको राजीनामा, भ्रष्ट नेताहरूको कारबाही र सुधारको माग गरेका छन् ।

जेनजी आन्दोलन मोरोक्कोमा मात्र सीमित छैन, यसले विश्वभरका युवाहरूमा पनि परिवर्तनको भावना जागृत गरिरहेको छ । यो आन्दोलन न्याय, समानता र उत्तरदायित्वको खोजीमा रहेको नयाँ पुस्ताको बलियो कदम हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ०१ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा