पाकिस्तान–अफगानिस्तानबीच तात्कालिक युद्धविरामको सहमति « Khabarhub

पाकिस्तान–अफगानिस्तानबीच तात्कालिक युद्धविरामको सहमति


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्धविराम गर्ने सहमति जनाएका छन् । यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि भएको हो, जसले यसअघि कायम युद्धविराम तोडेको थियो ।

गत एक सातादेखि दुई देशबीच सीमा क्षेत्रमा चर्किएको झडपले दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान लिइसकेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि यो दुवै देशबीचको सबैभन्दा भीषण द्वन्द्व मानिएको छ । कतारको विदेश मन्त्रालयद्वारा आइतबार बिहान जारी विज्ञप्तिमा भनिएको छ,“दुवै पक्षले तात्कालिक युद्धविराम लागू गर्ने र दीर्घकालीन शान्ति तथा स्थायित्वका लागि आवश्यक संयन्त्रहरू स्थापना गर्ने सहमति गरेका छन् ।”

आगामी दिनमा यो सहमति कार्यान्वयनका लागि थप वार्ता गरिने बताइएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै लेखेका छन्, “अफगान भूमिबाट पाकिस्तानमा गरिने आतङ्कवादी गतिविधि तत्काल रोकिनेछ । दुवै छिमेकी राष्ट्रहरूले एकअर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नेछन् ।”

उनले आगामी अक्टोबर २५ मा इस्तानबुलमा पुनः वार्ता हुने जानकारी पनि दिए । अफगानिस्तान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले पनि युद्धविराममा सहमति भएको जनाउँदै भने, “दुवै देशले अब कुनै पनि आक्रामक कार्य नगर्ने, न त यस्ता समूहलाई समर्थन गर्ने जसले पाकिस्तानमा आक्रमण गर्ने प्रयास गर्छन् ।”

दुबै मुलुकका रक्षा प्रतिनिधिहरूले दोहामा सम्झौतापछि हात मिलाएको तस्बिर पनि सार्वजनिक गरिएको छ । मानिसहरू अझै डराइरहेका छन् यस पछिल्लो झडपको मूल कारण सुरक्षा चुनौतीहरू नै मानिएको छ । तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा विशेष गरी अफगान सीमा क्षेत्रमा आतंकवादी आक्रमणहरू तीव्र रुपमा बढेका छन् ।

पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) जस्ता सशस्त्र समूहहरूले आक्रमण गरिरहेको आरोप लगाउँछन्, जुन आरोप अफगान तालिबानले अस्वीकार गर्दै आएको छ । सीमा झडप अक्टोबर ११ मा चर्किएको थियो, जब तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी भारतको भ्रमणमा रहेका बेला काबुलमा विस्फोट भएको थियो । त्यसको केही दिनपछि तालिबान लडाकूहरूले पाकिस्तानको दक्षिणी सीमामा आक्रमण गरे, जसपछि पाकिस्तानले कठोर जवाफ दिने चेतावनी दिएको थियो ।

तालिबानका एक वरिष्ठ अधिकारीका अनुसार, पाकिस्तानले शुक्रबार राति अफगानिस्तानको पक्तिका प्रान्तमा तीन स्थानमा हवाई आक्रमण ग¥यो । एक स्थानीय अस्पतालका अनुसार, ती आक्रमणमा दुई बालबालिकासहित १० सर्वसाधारणको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकमध्ये तीन जना क्रिकेट खेलाडी थिए ।

तालिबान प्रवक्ता जबीउल्लाहले भन्नुभयो,“वार्ता टोलीको गरिमा र शान्तिप्रति प्रतिबद्धता जनाउन हाम्रा लडाकूहरूलाई गोली नचलाउन आदेश दिइएको छ ।” अफगानिस्तानको दक्षिणी सहर स्पिन बोल्दाकका एक मन्त्री सादुल्लाह तोरजानले भने,“स्थिति अहिले केही सामान्यजस्तो देखिए पनि युद्धको डर अझै बाँकी छ । मानिसहरू अझै त्रसित छन् ।” युद्धविरामको सहमति शान्ति स्थापनाको दिशामा सकारात्मक सङ्केत भए पनि स्थायी समाधानका लागि गहिरो संवाद, विश्वासको पुनर्निर्माण, र दुवै देशको स्पष्ट सुरक्षा रणनीति आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : १९ बजे

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली