ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन | Khabarhub Khabarhub

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई आफूले बेठिक नभएको बताएका छन् ।

आइतबार सम्पादकहरूसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । आफूलाई जेन-जीहरूको मागबारे प्रष्ट थाहा भएको पनि बताएका छन् ।

‘जेन-जीहरूका मागमध्ये भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र बन्द भएका सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने थियो’, उनले भने, ‘उहाँहरूले प्रधानमन्त्रीको राजीनामाको माग पनि गर्नु भएको थिएन । उहाँहरूका तीनवटा माग थिए, मलाई राम्रो हेक्का छ । म तिनै कुराका लागि लडिरहेको थिएँ ।’

उनले सामाजिक सञ्जाल अचानक बन्द गरियो भनिएको कुरालाई खण्डन गर्दै डेढ वर्षदेखि प्रयास भएको खुलाए ।

‘डेढ वर्षदेखि ती सामाजिक सञ्जाल दर्ता हुनुपर्छ भनेर मौखिक र लिखत पत्र पठाएका थियौँ । टिकटक बन्द गर्‍यौँ तर उसले नियम मान्छु भन्यो अनि खोल्यौँ’, उनले भने, ‘जसले मानेन, कर तिर्दिनँ, हिसाब देखाउँदिन, दर्ता गर्दिनँ भन्छ, तिमीहरूको कानुन मान्दिनँ भन्छ भने किन हामीले हाम्रो कानुन लगाउन नपाउने ? हरेक राष्ट्रको स्वाभिमान हुन्छ ।’

उनले युवाहरूको विरोध नगरेको बताएका छन् । ‘मैले जेन-जीनको नाममा भएको आन्दोलन बेठिक छ भनेको छैन’, उनले भने, ‘आन्दोलनका नाममा भटभटे मोटरासइकलवालाको एउटा टिम छ । टीओबी लगायतकाहरू अहिले देखिँदैछन् । यो आन्दोलनको पृष्ठभूमिमा रहेकाहरू विस्तारै बाहिर आउँदैछन् ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ०९ बजे

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र