श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान « Khabarhub

श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको बचाउ गरेका छन् ।

आइतबार सम्पादकहरूसँग संवादका क्रममा उनले नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडाकी पुत्री श्रृंखलाको बचाउ गरेका हुन्।

‘नेपो बेबी’का नाममा श्रृंखलाको सामाजिक सञ्जालमा बदनाम गर्नु गलत भएको उनले बताए । आफूलाई जेन-जीहरूको मागबारे प्रष्ट थाहा भए पनि ‘नेपो बेबी’ अभियानलाई बेठिक भनेका हुन् ।

‘के श्रृंखला खतिवडा अर्बपति-खर्बपतिकी छोरी हुन् ?’, उनले भनिन्, ‘के उनलाई हेलिकोप्टरबाट स्कुल पठाउने गरिएको थियो ?’

उनले ‘नेपो बेबी’ भन्दै श्रृंखलासहितका व्यक्तिका घरमा गएर आगो लगाइएकोमा पनि आपत्ति जनाएका छन् ।

‘अनेक अभियान चलाएर घरमा गएर आगो लगाइएको थियो’, उनले सम्पादकहरूलाई भने, ‘तपाईंहरूलाई यसरबारे बोल्न गाह्रो भएको थियो। मसँग मात्रै हिम्मतिलो भएर के गर्नु हुन्छ ?’

उनले ‘नेपो बेबी’ अभियानलाई कहिल्यै समर्थन नगर्ने बताए । ‘म यो ‘नेपो बेबी’ क्याम्पियनलाई समर्थन गर्दिनँ । आफ्ना छोराछोरीलाई जसले पनि माया गर्छ’, उनले भने, ‘नेपो बेबी’ नचाहिने अभियान हो ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : २५ बजे

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

झापा– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गएराति