‘लुरूलुरू गएर बयान दिने काम केपी ओलीले गर्दैन’ | Khabarhub Khabarhub

‘लुरूलुरू गएर बयान दिने काम केपी ओलीले गर्दैन’


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने प्रष्ट पारेका छन् ।

आइतबार काठमाडौंको कोटेश्वरमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जहाँ र जहिल्य भन्छ, त्यहाँ गएर बयान नदिने बताएका हुन् ।

‘केपी ओली सोझो छ भन्दैमा आयोगहरू जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ, जसले सोध्दै जान्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन’, उनले भने, ‘थाहा होस् । कुनै भ्रममा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको दमन, तोडफोड र आगजनीको सन्दर्भमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ ।

उक्त आयोगले ओलीको राहदानीसमेत रोक्का राख्न पत्राचार गरेको छ । ओलीलाई काठमाडौं उपत्यका छाड्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

यस्तोमा ओलीले आफूले काभ्रेभञ्ज्याङसमेत काट्न नपाउने, डाँडाकाँडा उक्लिन नपाउने भन्दै सरकारको कदमको कटाक्ष पनि गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ४६ बजे

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा