‘लुरूलुरू गएर बयान दिने काम केपी ओलीले गर्दैन’ « Khabarhub

‘लुरूलुरू गएर बयान दिने काम केपी ओलीले गर्दैन’


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने प्रष्ट पारेका छन् ।

आइतबार काठमाडौंको कोटेश्वरमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जहाँ र जहिल्य भन्छ, त्यहाँ गएर बयान नदिने बताएका हुन् ।

‘केपी ओली सोझो छ भन्दैमा आयोगहरू जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ, जसले सोध्दै जान्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन’, उनले भने, ‘थाहा होस् । कुनै भ्रममा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको दमन, तोडफोड र आगजनीको सन्दर्भमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ ।

उक्त आयोगले ओलीको राहदानीसमेत रोक्का राख्न पत्राचार गरेको छ । ओलीलाई काठमाडौं उपत्यका छाड्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

यस्तोमा ओलीले आफूले काभ्रेभञ्ज्याङसमेत काट्न नपाउने, डाँडाकाँडा उक्लिन नपाउने भन्दै सरकारको कदमको कटाक्ष पनि गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ४६ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस