‘यस्तै अराजकता रहिरहे म फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्दै गयो’ « Khabarhub

‘यस्तै अराजकता रहिरहे म फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्दै गयो’


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते आगजानी, लुटपाट र तोडफोड गर्न भदौ २३ गते हिंसात्मक घटना गराइएको दाबी गरेका छन् ।

आइतबार सम्पादकहरूसँग अन्तरक्रियामा पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ गतेको जेन-जी आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले आफूलाई रिपोर्टिङ गरेको स्पष्ट पारेका छन् ।

अघिल्ला दिनहरूजस्तो भदो २३ गते संसद् भवनमा सुरक्षा व्यवस्था मजबुद पनि नपारिएको उनको दाबी छ ।

‘१० हजार विद्यार्थी जम्मा हुने कुरा छ। हामी त्यहाँ रोक्छौँ उनीहरूले छाड्छन् । शान्तिपूर्ण जुलुस हुन्छ भन्ने ब्रिफिङ मैले २२ गते राति सुरक्षा समितिको बैठकमा गरिएको थियो’, उनले भने, ‘शान्ति सुव्यवस्था कायम गर्न खटाइएका प्रहरीसँग त्यो बन्दुक हुँदैन। कुनै विशेष टास्क फोर्स राख्नु र त्यहाँ हुनु बेग्लै कुरा हो। तर सडकमा शान्ति व्यवस्था कायम राख्न एसएलआरजस्ता बन्दुक र गोलीगठ्ठा दिइएको हुँदैन ।’

नक्कली जेन-जीहरूले हिंसा भड्काएको उनले दाबी गरेका छन् । सक्कली जेन-जीले त्यस्तो गलत काम गर्नै नसक्ने उनले बताए ।

‘सक्कली-नक्कली, नक्कली-सक्कली हुन्छ। साँच्चै गर्‍यो भने कहिले त्यो सुटिङ हुन्छ। कहिले रियल भइदिन्छ। के बनाउनुपर्ने हो त्यो हुन्छ। त्यो बेला नक्कली हतियारको सुटिङ हुँदैथ्यो र नेपालमा ?’, उनले भने, ‘त्यस्ता खालका मान्छे आए र ब्यारिकेड तोड्न खोजेपछि जेन-जीले माइकिङ गरेर भनेका थिए ।’

अन्तरक्रियाका क्रममा उनले आफ्नो सम्पत्ति छानबिन गर्न भनेका छन् । तर, केपी ओली जसले जहाँ बोलाउँछ त्यहीँ भने नजाने उनले चेतावनी दिएका छन् ।

उनले भविष्यमा सम्पदकहरूले नै केपी ओलीलाई फिर्ता ल्याऊँ भनेर विशेष सम्पादकीय लेख्ने दिन आउने पनि बताए । उनले अहिले देशमा अराजकता चलिरहेको बताएका छन् । यदि यो कायम रहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दाबी उनले गरे ।

‘यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ’, उनले भने, ‘यस्तो अराजकता रहिरहे तपाईंहरूले (सम्पादक) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याऊँ भन्नु हुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुसु ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ५९ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको