टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग | Khabarhub Khabarhub

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका  उच्चस्तरीय आयोग गठनको माग गरिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गरेका हुन् । 

उपकुलपति प्राडा पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताए । 

त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र उक्त विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको रजिस्ट्रार प्राडा लेखकले जानकारी दिए ।
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : १३ बजे

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई

जेन–जी आन्दोलन नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न

काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक

निलम्बनमा परे एन्फा महासचिव किरण राई

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई

गोपालमानको प्रस्ताव : राजसंस्थालाई पनि समेटेर सर्वपक्षीय संवाद गरौँ

काठमाडौं- नेपाली कांग्रेसमा राजसंस्थालाई पनि समेटेर नयाँ विकल्पमा जानुपर्ने कुरा