माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर निजको मृत्यु भएको हो । 

घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : ३० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको