निलम्बनमा परे एन्फा महासचिव किरण राई « Khabarhub

निलम्बनमा परे एन्फा महासचिव किरण राई


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई निलम्बन गरेको छ।

एन्फाका कार्यवाहक अध्यक्ष वीर बहादुर खड्काले आइतबार राईलाई आजदेखि लागू हुनेगरी अर्को कार्यसमिति बैठकसम्मका लागि महासचिव पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

राईसँग संघको विधान, विधि र पद्धति विपरीत कार्य गरेको विषयमा ३ दिनभित्र स्पष्टीकरण सोधिएको थियो। तर उक्त समयमा राईले कुनै जवाफ नदिएकाले उनलाई निलम्बन गरिएको एन्फाले जनाएको छ।

पत्रमा भनिएको छ, ‘संघको साधारण सभा र कार्यसमितिको म्यान्डेटलाई वेवास्ता गर्दै फुटबल खेलको विकासमा दीर्घकालीन असर पार्ने गरी कार्य गर्नुभएकोमा त्यस सम्बन्धमा स्पष्टिकरण मागिएको थियो। उक्त समयमा जवाफ नआएकाले आजदेखि लागू हुने गरी तपाईंलाई महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँछौं।’

संघले निलम्बन अवधिसम्मका लागि सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको जनाएको छ। एन्फाको यो निर्णयबारे महासचिव किरण राईको प्रतिक्रिया आएको छैन।

एन्फा फिफा, एएफसी तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मान्यता प्राप्त निकाय हो।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ४७ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन