प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने « Khabarhub

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन सम्बन्धी छलफलमा बोलाएकी छन्।

प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार ४ गतेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लागेकी छन्।

खनालले खबर हबलाई दिएको जानकारी अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र अन्य दलहरूलाई आज पत्र पठाएर छलफलमा बोलाइएको छ ।

खनालका अनुसार हरेक दलबाट दुई दुईजना प्रतिनिधिहरू पठाउन आग्रह गरिएको छ। ‘मङ्गलबार ४ गतेका लागि बोलाइएको छ। हामीले पत्रसमेत पठाएका छौं’ खनालले भने, ‘राष्ट्रिय दल र संसदमा प्रतिनिधित्व गर्ने दलसँग पहिलो चरणमा छलफल गर्नेछौं।’

यस अगाडि दलहरूले प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद नगरिकन निर्वाचनको मिति घोषणा गरेको भन्दै आपत्ति जनाइरहेका थिए। प्रधानमन्त्री स्रोतका अनुसार खनाललाई नै दलहरूसँग संवाद गर्नका लागि पत्र पठाउन जिम्मेवारी दिएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : ४६ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर