प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने « Khabarhub

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन सम्बन्धी छलफलमा बोलाएकी छन्।

प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार ४ गतेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लागेकी छन्।

खनालले खबर हबलाई दिएको जानकारी अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र अन्य दलहरूलाई आज पत्र पठाएर छलफलमा बोलाइएको छ ।

खनालका अनुसार हरेक दलबाट दुई दुईजना प्रतिनिधिहरू पठाउन आग्रह गरिएको छ। ‘मङ्गलबार ४ गतेका लागि बोलाइएको छ। हामीले पत्रसमेत पठाएका छौं’ खनालले भने, ‘राष्ट्रिय दल र संसदमा प्रतिनिधित्व गर्ने दलसँग पहिलो चरणमा छलफल गर्नेछौं।’

यस अगाडि दलहरूले प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद नगरिकन निर्वाचनको मिति घोषणा गरेको भन्दै आपत्ति जनाइरहेका थिए। प्रधानमन्त्री स्रोतका अनुसार खनाललाई नै दलहरूसँग संवाद गर्नका लागि पत्र पठाउन जिम्मेवारी दिएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : ४६ बजे

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म