विश्व प्रविधि प्रभुत्व बढाउँदै चीन « Khabarhub

विश्व प्रविधि प्रभुत्व बढाउँदै चीन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान केन्द्रमध्ये आधाभन्दा बढी स्थान सुरक्षित गरेका छन्।

‘नेचर इंडेक्स सन् २०२५ साइन्स सिटिज’ परिशिष्टका अनुसार चीनका शीर्ष स्थानमा पर्ने सहरहरू सन् २०२३ का पाँचबाट सन् २०२४ मा छ पुगेका छन्। यससँगै शीर्ष दसमा चीनले पहिलोपटक बहुमत पाएको हो।

यो प्रतिवेदनले सन् २०१५ देखि २०२४ सम्म प्रकाशित वैज्ञानिक लेखहरूको आधारमा प्रत्येक सहरको योगदान मापन गरेको छ। ‘सेयर’ नामक सूचक प्रयोग गरिने यो प्रणालीले कुनै सहरभित्रका सबै वैज्ञानिक संस्थानहरूले गरेका योगदानको जम्मा गरेर समग्र स्थान निर्धारण गर्दछ।

सूचकका अनुसार विश्वका शीर्ष विज्ञान सहरहरूमा बेइजिङ, साङ्घाइ, न्यूयोर्क क्षेत्र, बोस्टन क्षेत्र, नान्जिङ, ग्वाङ्गजोउ, सान फ्रान्सिस्को खाडी क्षेत्र, वुहान, बाल्टिमोर–वासिङ्टन क्षेत्र र हाङ्जोउ समावेश छन्।

बेइजिङको समायोजित योगदान सन् २०२३ देखि २०२४ बीच ९ प्रतिशतभन्दा बढीले बढेको छ, जबकि साङ्घाइले २० प्रतिशतको उल्लेख्य वृद्धि हासिल गरेको छ। यसको विपरीत, शीर्ष दसमा रहेका अमेरिकी सहरहरूको संयुक्त योगदान घटेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले चीनले वैज्ञानिक क्षेत्रको अग्रता विस्तार गर्दै गएको र अमेरिकाको प्रभाव क्रमशः कमजोर हुँदै गएको प्रवृत्ति झल्किने निष्कर्ष निकालेको छ।

रसायन, भौतिक विज्ञान तथा पृथ्वी–पर्यावरण विज्ञानजस्ता प्रमुख क्षेत्रहरूमा चीनका सहरहरू अग्रस्थानमा छन्। पहिलोपटक रसायन क्षेत्रमा शीर्ष दसै स्थान चीनले हात पारेको छ, भने अन्य दुई विषयमा पनि छ–छ स्थान चीनका सहरहरूले ओगटेका छन्। ती तीनै क्षेत्रमा बेइजिङ विश्वको एक नम्बरमा रहेको छ।
सिन्ह्वा

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ३४ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा