आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की « Khabarhub

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका दलसँग छलफल गर्दैछन्। प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन्।

छलफलमा कार्कीले सरकारका कामकारबाही र प्राथमिकताका विषयमा जानकारी दिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

रावलले भने, ‘आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे प्रधानमन्त्रीले जानकारी दिँदै हुनुहुन्छ।’

छलफलका लागि आयोगमा दर्ता भएका दललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको छ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा सक्रिय भएको सरकारले पछिल्ला दिनमा दलसँगको छलफललाईसमेत निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ३० बजे

अभिनेत्री श्रेष्ठ बनिन् स्टारबोस कफीको ब्रान्ड एम्बेसडर

काठमाडौं– स्टारबोस कफीले पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।  

शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीको अवस्था सामान्य

एजेन्सी – गत वर्ष विद्यार्थी विद्रोहमाथि गरिएको दमनका कारण अपदस्थ

शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश

आज विश्व शौचालय दिवस 

काठमाडौं– आज विश्व शौचालय दिवस स्यानिटेसन इन अ चेन्जिङ वरल्ड (बदलिँदो

साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको